उपनिर्वाचनमा पार्टीले टिकट दिए रविलाई सजिलै हराउन सक्ने पुण्यको दाबी « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

उपनिर्वाचनमा पार्टीले टिकट दिए रविलाई सजिलै हराउन सक्ने पुण्यको दाबी


१७ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । एमालेका नेता पुण्य गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर टिकट दिन आग्रह गरेका छन् ।

गौतमले उपनिर्वाचनका लागि चितवन २ बाट चुनाव लड्न तम्सिँदै ओलीलाई टिकट दिन आग्रह गरेका हुन् ।

सामाजिक सञ्जालमा तस्बिर राखेर गौतमले अध्यक्षसँग सार्थक र प्रभावकारी कुराकानी भएको बताएका छन् । त्यसअघि उनले चितवनका एमाले नेताहरू र त्यहाँका फिल्ड कमान्डर गोकुल बास्कोटासँग पनि छलफल गरेका थिए ।

ओलीसँगको भेटमा गौतमले आफू चितवनबाट चुनाव जितेर आउने दाबी गरेका छन् । उनले आफूले रवि लामिछानेलाई हराउन सक्छु भन्दै ओली समक्ष प्रस्ताव समेत राखेका छन् ।

उनी पार्टीले आफ्नो क्षमताको मूल्याङ्कन गरेर टिकट दिनेमा आशावादी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस