भीम रावल एकपछि अर्को गल्ती गर्दै हुनुहुन्छ : उपाध्यक्ष पौडेल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भीम रावल एकपछि अर्को गल्ती गर्दै हुनुहुन्छ : उपाध्यक्ष पौडेल


१७ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेता भीम रावलले एकपछि अर्को गल्ती गर्दै गएको आरोप लगाएका छन् ।

प्रेस चौतारी नेपालले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले भीम रावलले अनुशासन उल्लङ्घन गर्दै पार्टी नेतृत्वविरुद्ध काम गर्दै आएको आरोप लगाएका हुन् ।

‘भीम रावल जी पार्टीका निर्णयको विरुद्धमा उभिनुभएको छ । उहाँले पार्टीलाई कमजोर पार्ने काम गर्नुभएको छ । एकपछि अर्को गल्ती गर्दै हुनुहुन्छ । कहिले पत्रकार सम्मेलन, कहिले क्रिया प्रतिक्रियामा उत्रिनुहुन्छ,’ उनले भने, ‘रावल जी ! गल्ती स्वीकार्नुस्, आत्मालोचना गर्नुस् । नभए पार्टीले उचित निर्णय लिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस