हेलिकप्टर दुर्घटनामा नौ अमेरिकी सैनिकको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

हेलिकप्टर दुर्घटनामा नौ अमेरिकी सैनिकको मृत्यु


१६ चैत्र २०७९, बिहिबार


वासिङ्टन । अमेरिकी सेनाको हेलिकप्टर अमेरिकाको मध्य पूर्वी राज्य केन्टकीमा एक प्रशिक्षण अभियानका क्रममा दुर्घटनाग्रस्त हुँदा नौ सैनिकको मृत्यु भएको सेनाले पुष्टि गरेको छ । 

अमेरिकी सैन्य विभागका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल एन्थोनी होफ्लरले बुधवार राति भएको ब्ल्याक हक हेलिकोप्टर दुर्घटनामा नौ जना सैनिकको मृत्यु भएको पुष्टि गरेका हुन् । 

अमेरिकी सेनाका दुई वटा हेलिकप्टर केन्टकीमा दुर्घटनाग्रस्त भएका हुन् । नियमित अभ्यासका क्रममा एचएच–६० ब्ल्याक हक हेलिकप्टर बुधवार राति एक आपसमा ठोक्किएका अमेरिकी सेनाको फोर्ट क्याम्पबेलले जनाएको छ ।

घटना लगत्तै प्रहरी र आपत्कालीन सेवाका अधिकारीहरू दुर्घटना स्थल पुगेका केन्टकीका गभर्नर एन्डी वेशियरले बताएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस