२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गहुँ खेतीमा रगिन गरिँदै

अ+ अ-

कैलाली । कैलालीमा विजवृद्धिका क्षेत्रमा काम गरिरहेका कृषि सहकारी तथा समूहले गहुँ खेतीमा रगिन गरिरहेका छन् । बीज वृद्धिका लागि गरिएको पाकेको गहुँ बालीमा जातीय शुद्धताका लागि रगिन भइरहेको हो ।

बीउमा जातीय शुद्धताका लागि खडा अवस्थामा रही तयारी हुँदै गरेको बालीमा विभिन्न बीउ उत्पादक सहकारीले टोली बनाएर बालीमा रगिन गरिरहेका छन् । कैलालीको जानकी गाउँपालिका–४ स्थित बीज वृद्धि सहकारी संस्था मुनुवाले यस वर्ष २४ किसानलाई रगिनको कार्यमा लगाएको छ । बीज वृद्धिका लागि गरिएको खेतीबाट गुणस्तरीय बीउ उत्पादन गर्न सहकारीले किसान परिचालन गरी रगिन गराइरहेको छ ।

उत्पादनमा गुणस्तरीयतासँगै बीउ उत्पादक किसानलाई सहज हुने भएकाले सहकारीले नै रगिनको काम गराइरहेको रगिन कार्यका फोकल पर्सन फुलराम कठरियाले बताए । ‘हामी किसानसँगै रगिन कार्यमा खटेका छौँ, रगिन गर्दा किसानलाई नै फाइदा पुग्छ’, उनले भने, ‘यहाँ व्यक्तिगत र समूहमा मिलेर बीज वृद्धिका लागि गहुँ खेती गरिएको छ ।’

बीज वृद्धि सहकारी मुनुवाले यस वर्ष करिब एक सय ५० हेक्टर क्षेत्रफलमा विभिन्न जातका गहुँको बीज वृद्धि खेती गरेको छ । गुणस्तरीय बीउ उत्पादनअन्तर्गत जातीय शुद्धताका लागि खडा र तयारी अवस्थामा रहेको गहुँ बालीमा अनावश्यकरुपमा रहेको बेजात झार हटाई जातीय शुद्धताका लागि अपनाइने कार्यलाई रगिन भनिन्छ । रगिन गर्दा खडा र तयारी अवस्थामा रहेको खेतमै कृषि प्राविधिकको प्रत्यक्ष संलग्नता, निरीक्षण र सल्लाहबमोजिम गरिन्छ । सोहीअनुसार आफूहरुले रगिन गरिरहेको मनुवाका प्रबन्धक गोविन्द रावतले बताए ।

‘बेजात, झारपात हटाउनका लागि रगिन गरिएको हो’, उनले भने, ‘बेजात र झारपात हटाएमा गुणस्तरीय बीउ तयार हुन्छ । यो कार्य बाली पोकेका बेला गर्न सकिन्छ ।’ गुणस्तरीय बीउमा शतप्रतिशत जातीय शुद्धता नहुने भएकाले रगिन गर्नुपर्ने हुन्छ । बीउ उत्पादनका लागि गरिने बालीको कम्तीमा दुईपल्ट रगिन गरिनु आवश्यक भएको प्राविधिक बताउँछन् । रगिन बाली पसाउनु पूर्व र बाली तयारी पूर्व गर्ने गरिन्छ । यसरी रोपिएका जातमा बेजात बाली हटाउने, विभिन्न झारपात हटाउने कार्य गरिन्छ । सोही आधारमा रगिनको टोली बनाएर गहुँ बालीको निरीक्षणसहित रगिन गर्ने कार्य भइरहेको नमूना बहुउद्देश्यीय सहकारीका अध्यक्ष जीतबहादुर चौधरीले बताए ।

बीउमा शुद्धता नहुने भएकाले कृषि प्राविधिक वा दक्ष कृषकले मात्र रगिन गर्नु पर्दछ । रगिन गर्दा कृषि प्राविधिकको निरीक्षणसहित फिल्डमा काम गर्नुपर्ने भएकाले बीज वृद्धिका क्षेत्रमा क्रियाशील कृषि सहकारी, समूहले विशेष रगिन टोली बनाई काम भइरहेको क्षेत्रीय बीउबीजन प्रयोगशाला सुन्दरपुर, कञ्चनपुरका बाली विकास अधिकृत सिद्धराज उपाध्यायले बताए ।

‘विगत वर्षबाटै यो भइहरेको छ । रगिन गर्दा किसान, समूहलाई मात्र दिएर हुँदैन’, उनले भने, ‘स्वयं किसानलाई बालीको माया लाग्ने भएकाले बेजात हटाउन लोभ गर्नुहुन्छ । त्यसैले टोली बनाएर रगिन गर्न सल्लाह दिएका छौँ ।

प्रतिक्रिया दिनुहोस