कोशीले मधेस प्रदेशलाई दियो १०६ रनको लक्ष्य « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कोशीले मधेस प्रदेशलाई दियो १०६ रनको लक्ष्य


१४ चैत्र २०७९, मंगलबार


काठमाडौँ । राजधानीमा जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले मधेस प्रदेशलाई जितका लागि १०६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा कोशी प्रदेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०५ रनको योगपफल बनायो । कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३९ रनको योगदान दिइन् । उनले ३८ बल खेल्दै छ चौकाको मद्दतमा ३९ रन बनाइन ।

त्यसै गरी काजल श्रेष्ठले २२, अप्सरी बेगमले १९ तथा स्मृति कटुवालले १० रन बनाइन । बलिङतर्फ मधेस प्रदेशकी सन्तोषी चौधरी, अमिरन निसा र अमिसा पटेलले समान दुई/दुई विकेट लिए ।

आजको खेलमा कोशी प्रदेश विजयी भए फाइनलमा पुग्नेछ । मधेस प्रदेश अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस