प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेकालाई रिहा गर्न विश्वप्रकाश शर्माको माग « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेकालाई रिहा गर्न विश्वप्रकाश शर्माको माग


१४ चैत्र २०७९, मंगलबार


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परी थुनामा रहेका युवाहरूलाई रिहा गर्न माग गरेका छन् ।

सामाजिक सञ्जालमा लेखेका छन्, ‘लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न मिल्दैन । प्रहरीले युवाको मुख थुनिरहेको दृश्य दुःखद र आपत्तिजनक थियो । आफू विरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्न अविलम्ब पहलको माग गर्दछु’

यही चैत ७ गते ५८औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन सम्बन्धी सार्वजनिक समारोहमा जाँदै गर्दा प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेका सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बागलुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्काले नाराबाजी गरेका थिए ।

उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो। आइतबार जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहारको कसुरमा ५ हजार रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिएको थियो। तर धरौटी नतिरेपछि उनीहरू अहिले कारागार चलान भएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस