एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक


१४ चैत्र २०७९, मंगलबार


काठमाडौँ। नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।

पार्टी कार्यालयमा आज दिउँसो १२ बजेका लागि सचिवालयको बैठक बोलाइएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

एकीकृत समाजवादीका नेताहरुले मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेलगत्तै समाजवादीले बैठक बोलाएको हो । बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको विषयमा छलफल र आवश्यक निर्णय हुने बुझिएको छ ।

यसअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचण्डसँग एकीकृत समाजवादीका नेताहरुले आफूहरूले पाउने मन्त्रालय र सङ्ख्याबारे छलफल गरेका थिए ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्न एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, उपमहासचिव प्रकाश ज्वाला गएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस