सुनको मूल्य तोलामा १ हजारले घट्यो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुनको मूल्य तोलामा १ हजारले घट्यो


१४ चैत्र २०७९, मंगलबार


काठमाडौँ । नेपाली बजारमा आज छापावाल सुनको मूल्य घटेको छ ।

आज तोलामा एक हजार रुपैयाँले घटेर तोलामा १ लाख ८ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सोमबार सुन तोलामा एक लाख ९ हजारमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख ७ हजार पाँच सय छ । हिजो सोमबार यसको मूल्य एक लाख आठ हजार पाँच सय थियो ।

यस्तैगरी, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार तीन सय ५५मा आएको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस