२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ठेकेदारको लापरबाहीले स्वास्थ्य चौकी अलपत्र

अ+ अ-

ढोरपाटन । बागलुङको तमानखोला गाउँपालिकाका स्थानीयले स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य एकाइमा उपचार गराउँदै आएका छन् । यहाँ अहिलेसम्म ठुलो अस्पताल बनेका छैनन् ।

सरकारको ‘एक पालिका, एक आधारभूत अस्पताल’को नीतिअनुसार वडा नं. ५ को खुङ्खानीमा तमानखोला आधारभूत अस्पताल निर्माणाधीन अवस्थामा छ । दुई वर्ष अगाडिदेखि निर्माण सुरु भएको उक्त अस्पताल ठेकेदारको लापरबाहीका कारण अहिलेसम्म सम्पन्न हुन सकेको छैन ।

निर्माणाधीन अस्पताल अहिले अलपत्र बनेको छ । गाउँमै पालिका स्तरीय अस्पताल बन्न थालेपछि खुसी भएका स्थानीय लामो समयदेखि काम नहुँदा निराश बनेका छन् । अस्पताल निर्माणका लागि विसं २०७७ असार २० गते ज्ञान ज्योति÷कुँवर आयोजना जेभीले १३ करोड लागतमा निर्माणको जिम्मा पाएको थियो । हालसम्म १२ वटा पिलर ठड्याउनु बाहेक अरु काम हुन सकेको छैन । यति बेलासम्म निर्माण सम्पन्न हुनुपर्नेमा करिब १० प्रतिशत मात्रै काम सकिएको स्थानीयको भनाइ छ ।

गाउँमा स्वास्थ्य संस्था भए पनि जटिल रोग लागे उपचारका लागि अन्य ठुला अस्पतालमा जानुपर्ने बाध्यता रहेको स्थानीय पूर्णबहादुर विकले बताए । निर्माणाधीन अस्पताल सम्पन्न भई सञ्चालनमा आएपछि सामान्य रोगको उपचार गराउन टाढा जानु नपर्ने उनको भनाइ छ । ‘गाउँमा स्वास्थ्य चौकी त छन् तर, यहाँ खासै उपचार हुँदैन, केही बिरामी परिहाले बुर्तिबाङ जानुपर्छ, यहाँ अस्पताल बन्न लागेको दुई वर्ष भयो, अहिलेसम्म थोरै मात्र काम भएको छ, यो बन्ला भन्ने आस नै मर्न लाग्यो’, विकले भने ।

निर्माण कम्पनीले विसं २०८० पुस २० सम्ममा निर्माण सम्पन्न गर्ने गरी पहिलो पटक म्याद थपेको छ । तमानखोला गाउँपालिका–५ का अध्यक्ष हीराबहादुर विकले निर्माण कम्पनीलाई पटक–पटक काम गर्न आग्रह गरे पनि विभिन्न बहाना बनाएर काम नगरेको बताए ।

‘निर्माण कम्पनीसँग बसेर छलफल गरियो, निर्धारित समयभित्र काम सक्छौँ भने पनि फिल्डमा काम गर्न आउँदैनन्’, अध्यक्ष विकले भने, विद्युत्, खानेपानी र कामदारका लागि बस्ने व्यवस्थापनसमेत गरेका थियौँ, अस्पताल समयमै बनोस् भन्ने चाहेका छ ।’

अस्पताल सङ्घीय सरकारले विनियोजन गरेको बजेटबाट निर्माण हुन लागेको हो । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङका प्रमुख सुनिता श्रेष्ठले थपेको म्यादसम्म काम नगरे ठेक्का रद्द गर्ने बताइन् । लामो समयसम्म काम नगरेपछि जनप्रतिनिधि र ठेकेदारसँग बैठक बसी तत्काल काम सुरु गर्ने निर्णय भएको प्रमुख श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस