२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मदन भण्डारी राजमार्गमा ९७ वटा पुलको निर्माण सकियो, ८८ वटा बाँकी

अ+ अ-

काठमाडौँ। पूर्व–पश्चिम जोड्ने चौथो राजमार्गका रूपमा रहेको मदन भण्डारी राजमार्गअन्तर्गत ९७ पुलको निर्माण सम्पन्न भएको छ।

जम्मा एक सय ८५ पुल निर्माण गर्नुपर्नेमा झन्डै आधा सकिएको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ ।

लम्बाइका हिसाबले ठुला पुल सम्पन्न भइसकेका र अब ८८ वटा पुल निर्माण गर्न बाँकी रहेकामा अधिकांश साना पुल नै रहेको निर्देशनालयमा कार्यरत इञ्जिनियर शिव शरण तिमल्सिनाले जानकारी दिए ।

निर्माणमा जान बाँकी पुलमध्ये बढी लम्बाइको पुल कर्णाली नदीमा निर्माण गर्नुपर्ने छ । त्यसबाहेक अधिकांश कम लम्बाइको हुनसक्ने देखिएको उनले बताए । उनले भने, ‘डेढ–दुई सय मिटरसम्मको पुल हुनसक्छ।’

चालु आवमा २४ किमी सडक कालोपत्रेसँगै १० पुलको निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । हालसम्म चार पुल सम्पन्न भइसकेको र अरूमा निर्माण भइरहेको उनले बताए।

पहिले निर्माण भइसकेका सडकलाई स्तरोन्नति गर्ने गरी सुरु भएको राजमार्गमा ठाउँ ठाउँमा अरू सडकमा जोडिने भएको छ । अरू राजमार्ग कम चौडाइका भएमा त्यसलाई पनि मदन भण्डारीको स्तरमा स्तरोन्नति गरिने योजना रहेको इञ्जिनियर तिमल्सिनाले जानकारी दिए ।

अहिले एक लेन ९३.५ मिटर चौडाइ वा इन्टरमेडिएट ९५.५ मिटर चौडाइ को पुल भएमा तिनको पनि भविष्यमा राजमार्गको स्तरमा स्तरोन्नति हुनसक्ने उनले बताए । उनले भने, ‘अहिले भर्खरै चलिरहेको पुल भएमा त्यहाँको सवारी साधनको चापका आधारमा आवश्यक देखिएमा काम हुन सक्नेछ।’

चालु आवमा राजमार्गका लागि सरकारले रु दुई अर्ब ८२ करोड विनियोजन गरेको थियो । सरकारले प्राथमिकता प्राप्त आयोजना ९पिवान० का रूपमा अघि बढाइरहेको सो आयोजनाको जम्मा लम्बाइ एक हजार तीन सय ९० किमी रहेको छ । जम्मा लम्बाइमध्ये निर्देशनालयले सात सय ४० किमी सडक निर्माण गर्ने भएको छ भने बाँकी अरू निकायबाट निर्माण भएको छ ।

सो राजमार्गलाई पूर्व–पश्चिम राजमार्गको विकल्पका रूपमा समेत हेरिएको छ । सरकारले पूर्व(पश्चिम राजमार्गमा सवारी साधनको चाप बढिरहँदा चारदेखि ट लेनमा विस्तार गरिरहेको छ ।

राजमार्गको विकल्पका रूपमा यो राजमार्गले पनि पूर्व/पश्चिम राजमार्गको चाप कम गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस