चितवन । चितवनका एक शिक्षक पुर्पक्षका लागि कारागार चलान भएका छन् । आफ्नै विद्यार्थीलाई यौन शोषण गरेको अभियोग लागेका शिक्षकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।
चितवनका जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको एकल इजलासले शिक्षक सन्तोष क्षेत्रीलाई पुर्पक्षको लागि थुनामा पठाएको हो ।
शिक्षक क्षेत्रीले १५ वर्षीया बालिकालाई विभिन्न प्रलोभनमा पारेर पटकटपक यौन शोषण गरेको अभियोग छ ।
भरतपुर महानगरपालिका–१२ घर भएका क्षेत्रीले नर्सिङको तयारी कक्षा पढाउने नाममा पटक पटक यौन शोषण गरेको जोहरीमा उल्लेख छ ।
शिक्षकले करिब ८ महिनासम्म आफूलाई धम्काएर यौन शोषण गरेको भन्दै किशोरी जिल्ला प्रहरी कार्यालय पुगेकी थिइन् ।