एमालेलाई माओवादीको प्रश्न : दुई पटकसम्म संसद विघटन गर्न संविधानमा कहाँ लेखिएको छ ? « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

एमालेलाई माओवादीको प्रश्न : दुई पटकसम्म संसद विघटन गर्न संविधानमा कहाँ लेखिएको छ ?


६ चैत्र २०७९, सोमबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्रीलाई सनक चलेको बेला संसद विघटन गर्ने जनादेश नभएको बताएका छन् ।

उनले ५ वर्षसम्म संसद सञ्चालन गरेर देशका समस्याहरू सहमतिका आधारमा हल गर्न प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको प्रस्ताव गरेको बताए ।

माओवादी सचिवले विष्णु पौडेलको नाम नलिई उनले त्यसको जवाफ समेत दिएका छन् । उनले भने, ‘दुई पटकसम्म संसद विघटन भयो ? कसका कारण विघटन भयो ? संविधानमा कहाँ लेखिएको छ ? । सर्वोच्चले गल्ती भयो भनेर सच्याइदियो । अनि माननीयहरू यहाँ आएर बोल्नुहुन्छ, मैले त बहादुरी गरेँ । त्यसका निम्ति लाहाछाप लगाउन यो प्रतिनिधिसभा आएको हो र ? यही कारण परिस्थिति फरक पर्‍यो ।’

उनले नेपाली काँग्रेस पहिलो दल हो भन्ने पनि नर्बिसन आग्रह गरे । उनले भने, ‘नेपाली काँग्रेस यो संसद्को पहिलो पार्टी हो भन्न तपाईँहरूले धरहराबाट हेर्नुपर्छ कि सगरमाथाबाट हेर्नुपर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस