२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश सचिव भुसाल १० लाख धरौटीमा रिहा

अ+ अ-

काठमाडौँ । मधेस प्रदेशको साइकल खरिद प्रकरणमा भ्रष्टाचारमा जोडिएका तत्कालीन प्रदेश सचिव याम प्रसाद भुसाल १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्य शालिग्राम कोइरालाको इजलासले यस्तो आदेश दिएको हो । 

उनीसहित प्रदेशका अन्य अधिकारी र मधेस प्रदेशको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमका लागि साइकल खरिदसँग जोडिएका व्यक्तिहरूलाई प्रतिवादी बनाउँदै १८ साउनमा भ्रष्टाचार मुद्दा दायर भएको थियो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको सात महिनापछि उनी विशेषमा उपस्थित भएका हुन् । जसमाथि सुनुवाइ गर्दै विशेषले उनीसँग १० लाख रुपैयाँ धरौटी माग गरेको विशेष अदालत स्रोतले जानकारी दिएको छ । 

विशेषले १० फागुनमा म्याद बदर गरी पुनः जारी गर्ने आदेश गरेकोपछि उनी उपस्थित भएका हुन् । साइकल खरिदका लागि सबै जिम्मेवारी प्रदेश सचिव भुसाललाई दिइएको थियो । 

उनी प्रमुख जिम्मेवार अधिकारी भएको भन्दै उनलाई प्रतिवादी कायम गरिएको हो । उनका कारण प्रदेश सरकारलाई १० करोड ३३ लाख रुपैयाँभन्दा बढीको नोक्सान भएको निष्कर्ष अख्तियारको छ । उति नै रकम बिगो मागदाबी गर्दै मुद्दा दायर भएकोमा विशेषमा विचाराधीन छ । 

उनलाई भ्रष्टाचार निवारण ऐनको दफा ८ (१) र दफा ९ बमोजिम थप सजायको मागदाबी गरिएको छ । दफा ८ (१) मा कसुरको मात्रा हेरी तीन महिनादेखि तीन वर्षसम्म कैद तथा बिगोबमोजिम जरिवाना हुन सक्ने व्यवस्था छ । 

दफा ९ मा भने गलत लिखत तयार गर्ने राष्ट्रसेवकलाई तीन महिनादेखि एक वर्षसम्म कैद र १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ । 

‘।।निज प्रदेश सचिव यामप्रसाद भुसालले प्रमाणित गरेको भण्डार दाखिला प्रतिवेदन गलत तबरबाट तयार गरिएको लिखत भएकोले सम्झौताबमोजिमको साइकल प्राप्त हुनुपर्नेमा ब्रान्ड नखुलेका साइकल स्वीकार गरी गलत स्टोर दाखिला तयार गरी भुक्तानीसमेत भएको देखिएकाले’ उनलाई प्रतिवादी कायम गरी उल्लिखित सजाय माग गरिएको अख्तियारद्वारा मुद्दा दायर भएपछि जारी प्रेस विज्ञप्तिमा छ । 

प्रतिक्रिया दिनुहोस