काठमाडौँ । युएईले दिएको ३११ रनको विशाल लक्ष्य पछ्याएको नेपालले खराब सुरुआत गरेको छ। पहिलो २ ओभरमा ६ रन बनाउँदा दुई विकेट गुमाएको छ।
पहिलो ओभरको तेस्रो बलमा ओपनर आशिफ शेख शून्यमा आयन आफजाल खानको बलमा स्टम्पिङ आउट भए।
यस्तै दोस्रो ओभरको तेस्रो बलमा कुशल मल्ल व्यक्तिगत ५ रनमा आउट भए। जुनाइद सिद्धिकिको बलमा उनी आर्यन लक्राबाट क्याच आउट भए।