२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा बजार अनुगमनलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने

अ+ अ-

डोटी । डोटीमा बजार अनुगमनको कार्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरोकारवाला निकायहरूले प्रतिबद्धता जनाएका छन् ।

विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा बुधबार जिल्ला प्रशासन कार्यालय डोटीले आयोजना गरेको सरोकारवाला निकायहरू सँगको अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले बजार अनुगमनको कार्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले उपभोक्ताको हक अधिकार संरक्षण गर्नु सरोकारवाला निकाय सबैको दायित्व रहेको बताइन् । उनले भनिन्, बजार अनुगमनको कार्यलाई थप प्रभावकारी बनाउन स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण छ । स्थानीय सरकारले विशेष प्राथमिकताका साथ अगुवाइ लिनुपर्छ । बजार अनुगमनको कार्यलाई प्रभावकारी बनाउन जिल्लामा रहेका सरकारी सबै निकायले पूर्ण सहयोग गर्ने समेत बताइन् ।

जिल्लाका सरोकारवाला निकायहरूले सहयोग गरे बजार अनुगमन कार्यलाई लाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सिंह खड्काले बताए ।

उनले भने, हामी नगरपालिकाले मात्र गरेर केही हुँदैन, सबैको सहयोग आवश्यक छ, उपभोक्ताहरू साँच्चीकै ठगिएका छन् बजार अनुगमन कार्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा बोल्ने अधिकांश सहभागीहरूले बजारमा म्याद गुज्रेका, गुणस्तरहीन, कानुनले वर्जित खाद्य वस्तुहरू व्यापारीहरूले विक्रिबितरण गर्ने गरेको, व्यवसाय सम्बन्धित निकायमा दर्ता नगरी सञ्चालन गर्ने गरेको, मूल्य सूची कायम नगरिएको, नापतौलका सामाग्रीहरू नियमित सम्बन्धित निकायमा चेकजाँच नगरेको जस्ता सवालहरू देखा पर्ने भएकाले बजार अनुगमन कार्यलाई जिल्लाका सबै स्थानीय तहहरूले प्राथमिकता दिई कार्यान्वयन गर्नुपर्ने बताएका थिए ।

अन्तरक्रिया कार्यक्रममा नापतौल तथा गुणस्तर कार्यालय, करदाता सेवा कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले, घरेलु तथा साना उद्योग कार्यालयले आफू सँग सम्बन्धित डोटी जिल्लाको खाद्य गुणस्तर, बजार अनुगमन र नापतौलको अवस्थाको बारेमा छुट्टा छुट्टै प्रस्तुतीकरण गरेका थिए ।

जिल्ला प्रशासन कार्यालयमा आयोजना गरेको कार्यक्रममा स्थानीय तहका प्रमुख प्रतिनिधि, उपभोक्ता, सरकारी तथा गैरसरकारी सङ्घ संस्थाका प्रमुख प्रतिनिधि, व्यवसायी, पत्रकार लगाएको सहभागिता रहेको थियो ।

डोटीमा बजार अनुगमन कार्य जिल्ला प्रशासनको नेतृत्वमा त्रैमासिक रूपमा हुने र आवश्यकता अनुसार अन्य समयमा पनि गर्ने गरेको देखिन्छ । तर डोटीमा कुनैपनै स्थानीय तहहरूले आफ्नै किसिमले बजार अनुगमन गरेको छैन । जिल्ला प्रशासनले यसै आर्थिक वर्ष भित्र दिपायल सिलगढी नगरपालिका, आदर्श गाउँपालिका र केआई सिंह गाउँपालिमा बजार अनुगमन गरी म्याद गुज्रेको लाखौँको सामाग्री नष्ट गरेको थियो ।

प्रतिक्रिया दिनुहोस