काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन धवलागिरि बहुमुखी क्याम्पस बागलुङका निर्वाचन अधिकृत भक्तिराम न्यौपानेले राजीनामा दिएका छन्।
न्यौपानेले निर्वाचनका सम्पूर्ण कार्यतालिका क्याम्पसमा विकसित घटनाक्रमले गर्दा प्रभावित भएको र निर्धारित समयमा चुनाव गराउने वातावरण नभएको भन्दै राजीनामा दिएका हुन्।
केही दिनअघि अखिल क्रान्तिकारीसहितका केही विद्यार्थी सङ्गठनले सबै मतदाताको एकै प्रकारको परिचयपत्र बनाउनु पर्ने, फर्जी विद्यार्थी भर्ना भएकोमा मतदाताबाट हटाउनु पर्ने माग गरेर निर्वाचन कार्यालयमा ताला लगाएका थिए। विद्यार्थी सङ्गठनले ताला लगाएपछि मनोनयन दर्ता रोकिएको थियो ।
नेपाल विद्यार्थी सङ्घका नेता तथा कार्यकर्ताले मङ्गलवार बिहान उक्त ताला फोडेका छन्।
