३९७ जनाको आँखाको निःशुल्क शल्यक्रिया « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

३९७ जनाको आँखाको निःशुल्क शल्यक्रिया


३० फाल्गुन २०७९, मंगलबार


सर्लाही । सर्लाहीको बागमती नगरपालिका– ८ स्थित शङ्करपुरमा तीन सय ९७ जनाको आँखाको निःशुल्क शल्यक्रिया भएको छ ।

तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँको संयोजन र नगरपालिकाको आयोजनामा एक सातासम्म सञ्चालित निःशुल्क आँखा परीक्षण शिविरमा मोतिविन्दुको समस्या देखिएका उनीहरूको निःशुल्क शल्यक्रिया गरेको नगर प्रमुख भरतकुमार थापाले जानकारी दिए ।

उनका अनुसार जिल्लाको क्षेत्र नं ३ का सबै स्थानीय तहमा भएको निःशुल्क आँखा परीक्षणबाट करिब पाँच हजार जनाले आँखा परीक्षण गराएका थिए । साथै मोतिविन्दुको समस्या देखिएका तीन सय ९७ जनाको नि:शुल्क शल्यक्रिया गरिएको हो ।

जिल्लाको बागमती, हरिवन, हरिपुर र बरहथवा नगरपालिकाका साथै बस बरिया र रामनगर गाउँपालिकामा करिब शिविर एक सातासम्म चलेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस