कञ्चनपुर । कञ्चनपुरबाट लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
बेदकोट नगरपालिका–७ बाट लागूऔषध चरेशसहित मदनदेव भट्ट पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय बेलौरीबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले ०.०७२ ग्राम लागूऔषध चरेशसहित भट्टलाई पक्राउ गरेको हो । उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।