एक महिनामा ९ करोड बराबरको राजश्व चुहावट नियन्त्रण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एक महिनामा ९ करोड बराबरको राजश्व चुहावट नियन्त्रण


२९ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । मोरङ प्रहरीले ९ करोड २४ लाख रुपैयाँ बराबरको राजश्व चुहावट नियन्त्रण गरेको छ।

सोमबार विराटनगरस्थित कार्यालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा माघ २३ गतेयता एक महिनाको समयभित्र राजश्व चुहावट नियन्त्रणमा उपलब्धी हासिल गरेको हो ।

मोरङका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार स्रोत नखुलेको ३२ लाख ६५ हजार, बिगो रकम ७ करोड १९ लाख ६८ हजार गरी कूल ७ करोड ५२ लाख ३३ हजार रुपैयासँगै तीनवटा मोटरसाइकल, ९ जना मानिस सुनसरीको इटहरीस्थित राजश्व कार्यालयमा बुझाइएको छ ।

यसैगरी विराटनगर भन्सार कार्यालय रानीमा ८७ लाख १५ हजार, पाँचवटा सवारी साधनसँगै ११ जना मानिस पक्राउ गरी बुझाएको उनको भनाई छ ।

यसैगरी, उनले राजश्व छली गरी भारततर्फ पैठारी गरिरहेको अवस्थामा ५२ लाख रुपैयाँबराबरको १ लरीसहित २८ लाख रुपैयाँ बराबरको जुटको समान बरामद गरेको जानकारी दिए।

उपरीक्षक पोखरेलले प्राकृतिक स्रोत दोहन गर्ने क्रममा जिल्लाका विभिन्न स्थानमा १३ वटा साधन नियन्त्रणमा लिएको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस