२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संघीय शिक्षा विधेयक संसदमा पेस गर्न अपिल

अ+ अ-

काठमाडौँ । शिक्षा सरोकारवालाहरूले संघीय शिक्षा विधेयक तत्काल संसदमा पेस गर्न आग्रह गरेका छन्।

लुम्बिनीमा शिक्षा सरोकारवाला, सञ्चारसम्बद्ध सङ्घ-संगठन, जनप्रतिनिधि र अभियन्ताले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय समक्ष संघीय शिक्षा विधेयक तत्काल सार्वजनिक गर्न आग्रह गरेका हुन्।

विधेयक सार्वजनिक गरेर सङ्घीयताको मर्मअनुरूप शिक्षा ऐन छिटोभन्दा छिटो जारी गर्नुपर्ने उनीहरूको सुझाव छ।

लुम्बिनीको मायादेवी मन्दिर परिसरमा आयोजित अपिल सार्वजनिक कार्यक्रममा लुम्बिनी प्रदेशका शिक्षामन्त्री चन्द्रकेश गुप्ताले शिक्षक राजनीति भन्दा टाढा बस्नुपर्ने भन्दै शिक्षा ऐन छिटो जारी गराउन प्रदेश सरकारले पहल गर्ने बताए।

शिक्षा पत्रकार समूहका केन्द्रीय अध्यक्ष कृष्ण मल्लले शिक्षा क्षेत्रमा अझै पनि सङ्घीयताको मर्मविपरित केन्द्रीकृत मानसिकता हाबी रहेको बताए।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई, मायाँदेवी गाउँपालिकाका अध्यक्ष ध्रुबनारायण चौधरी, लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपप्रमुख कल्पना हरिजन लगायतले शासकीय प्रक्रिया भन्दा अभिभावक टाढा रहेको सुनाए।

गाउँपालिका राष्ट्रिय महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष उमेशचन्द्र यादव, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ केन्द्रीय अध्यक्ष कृष्ण थापा, शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्रीय सचिव टेकराज अवस्था लगायतद्वारा जारी अपिलमा शिक्षा ऐन ल्याउन तदारुकता नल्याउनाले नेतृत्वको अपरिपक्वता देखिनुका साथै संघीयताविरुद्ध वितृष्णा फैलाउने स्वार्थ समूहलाई नै सघाऊ पुगिरहेको उल्लेख छ।

जारी अपिलमा संघीय शिक्षा ऐनका लागि तयार पारिएको विधेयकलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तत्काल सार्वजनिक गर्न माग गरिएको छ। विधेयक सार्वजनिक गरेपछि सरोकारवालाबीच यसका प्रावधानहरूबारे सघन छलफल गराउन पनि भनिएको। 

त्यसबाट प्राप्त सुझावलाई समेटेर सङ्घीयताको मर्मअनुरूप संघीय शिक्षा ऐनको मस्यौदालाई संसदबाट पारितका लागि टेबुल गर्न र प्रक्रियालाई तत्काल सुरु गरी संघीय शिक्षा ऐन छिटोभन्दा छिटो जारी गरियोस् भनिएको छ।

प्रतिक्रिया दिनुहोस