‘ए’ डिभिजन लिग : आज तीन वटा खेल हुँदै « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

‘ए’ डिभिजन लिग : आज तीन वटा खेल हुँदै


२७ फाल्गुन २०७९, शनिबार


काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज ३ वटा खेल हुँदैछन् । आज दशरथ रङ्गशालामा दुई वटा र च्यासल मैदानमा एउटा खेल हुनेछ ।

दशरथ रङ्गशालामा हुने खेलमा जावलाखेल युथ क्लब र एपीएफ दिउँसो २स् ३० बजे खेल्दैछन् । त्यस्तै दिउँसो साढे २ बजे नै च्यासलमा नेपाल पुलिस क्लब र सङ्कटाबीच खेल हुनेछ । बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा फ्रेड्स क्लब र सातदोबाटोबीच खेल हुनेछ ।

हिजोदेखि लिगमा तेस्रो चरणका खेल सुरु भएका छन् । यस सिजनको ‘ए’ डिभिजन लिग डबल राउण्ड रोबिनको आधारमा भइरहेको छ । यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछन् । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस