१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कञ्चनपुरका घरबासमा विदेशी पर्यटक

अ+ अ-

दोधार चाँदनी । पछिल्लो समय कञ्चनपुरका घरबास (होमस्टे) मा पाहुनाको भीड बढ्दैछ । कोरोना महामारीपछि सुनसान बनेका घरबासमा अहिले विदेशी पर्यटक बढेका हुन् । यहाँको भीमदत्त नगरपालिका–१४ स्थित नयाँ गाउँमा रहेका घरबासमा पर्यटक बढ्न थालेपछि यहाँका १६ वटा घरबास विदेशी पर्यटकले भरिएका सञ्चालक चेतराम रानाले बताए ।

‘कोरोना महामारीले दुई वर्ष घरबास बन्द नै भए, अहिले विदेशी पाहुना आउन थाले, अहिले त अग्रिम बुकिङ हुने गरेका छन्’,उनले भने । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न आएका विदेशीको रोजाइ घरबास हुने गरेको छ । ‘होटेलमा महँगो र हो–हल्ला हुने भएकाले पनि शान्त ठाउँ खोज्ने गरेका छन्’, रानाले भने, ‘विदेशीलाई स्थानीय खानाका परिकार र राना समुदायको नृत्यले स्वागत गर्ने गरेका छौँ ।’

अर्का स्थानीय बाबुराम रानाले घरबासमा पाहुनाको भीडभाड हुन थालेको बताए । उनले अहिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने समय भएकाले पनि पाहुना बढी आउने गरेको बताए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको बस्तीमा घरबास सञ्चालनमा आएपछि यहाँका स्थानीयको आयस्तरमा समेत वृद्धि हुन थालेको चेतरा रानाले बताए । ‘राना थारु बस्तीमा रहेको होमस्टेप्रति आकर्षण बढिरहेको छ’, रानाले भने, ‘शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गरेका छन् ।’

घरबास सञ्चालनमा आउँदा आफ्नो कला, संस्कृति र परम्पराको संरक्षण सँगसँगै प्रचार भएको उनको भनाइ छ । ‘यहाँ आउने पाहुनाको मागबमोजिम हामीहरुले खानाका परिकारदेखि नाचगान देखाउँछौँ’, उनले भने, ‘यसले हाम्रो संस्कृतिको पनि संरक्षण भएको छ र आयस्तरमा बढेको छ ।’ अचेल शुक्लाफाँटा आउने पर्यटक पनि बढ्न थालेका छन् । माघमा तीन सय र पुसमा ५ सय बढीले निकुञ्ज भ्रमण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस