कांग्रेस नेता डा.भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कांग्रेस नेता डा.भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार


२६ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ।

बुद्धनगरस्थित निजी निवासमा गत फागुन ३ गते ‘ग्यास लिक’ भएर आगलागीबाट गम्भीर घाइते भएका डा. भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको हो।

सांसद भण्डारीको स्वास्थ्यका सबै प्यारामिटर सामान्य हुँदै गएको दाजु मीनप्रसाद भण्डारीले बताए। उनकाअनुसार बिहीबार पनि सांसद भण्डारीको फिजियोथेरापी गरिएको थियो। ‘कलमी गरिएको छालाले राम्रो प्रतिक्रिया दिइरहेको छ, स्वास्थ्यमा राम्रो सुधार भइरहेको डाक्टरहरूले जानकारी गराउनुभएको छ’, उनले भने।

आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए। हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस