काँग्रेस र एमालेबीच सहकार्य हुने सम्भावना छ : केपी ओली « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

काँग्रेस र एमालेबीच सहकार्य हुने सम्भावना छ : केपी ओली


२५ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । नेकपा एमालेका केपी शर्मा ओलीले काँग्रेस र एमालेबीच सहकार्य हुन सम्भावना रहेको बताएका छन् ।

बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा राष्ट्रपति निर्वाचनमा मतदान गरेपछि पत्रकारहरूसँग कुरा गर्दै उनले राष्ट्रपति निर्वाचनपछि काँग्रेससँग सहकार्य हुन् सक्ने बताएका हुन् ।

उनले राजनीतिमा जे पनि सम्भव हुने पनि बताए । उनले भने, ‘राजनीतिमा जे पनि सम्भव छ, केही पनि सम्भव छैन भन्छन् नि, त्यही हो । एक ठाउँमा नआउने भनेर कसम खाएको छैन ।’

बिहीबार निर्वाचित हुने राष्ट्रपतिले देशको हित, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानको रक्षा, जनताप्रति उत्तरदायी, संविधानको पक्षमा उभिने र देशको अभिभावकको भूमिका वहन गर्नुपर्ने बताए ।

ओलीले विगतमा सङ्कीर्ण स्वार्थ बोकेकाहरूले सानो स्वार्थ पूरा भएन भनेर राष्ट्रपतिको आलोचना गरेको पनि बताए । उनले भने, ‘सङ्कीर्ण स्वार्थ बोकेकाहरूले सानो स्वार्थ पूरा भएन भनेर राष्ट्रपतिको मर्यादा नगर्ने कुरा, एक त राष्ट्रपतीय प्रणालीलाई नै मन नपराउने, जन्मिँदै श्रेष्ठ भनेर जस्तो भए पनि पुज्ने बानी परेका र सङ्कीर्णताका काम गर्नेहरूले देशका लागि अडेर काम गरे भनेर विरोध भएको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस