२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्णायक तहमा महिलालाई समान अवसर दिनुपर्ने माग

अ+ अ-

काठमाडौँ । निर्णायक तहमा महिलालाई पनि समान अवसर र सहभागिता गराउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

एक सय १३औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले आज जोरपाटीमा आयोजना गरेको ‘राष्ट्रको शान : महिला अधिकारको सम्मान’ विषयक विचार गोष्ठीका वक्ताले कानुनमा गरिएका समान अवसर र सहभागिताका व्यवस्था कार्यान्वयन गरिनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा सांसदद्वय सन्तोष चालिसे र शान्ति श्रेष्ठ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सुमित्रा अमात्य श्रेष्ठलगायतले महिला अधिकारका लागि समान अवसर र सहभागिता आधारभूत मान्यता भएकाले सोको कार्यान्वयन हुनुपर्ने बताइन् । समाजमा भ्रष्टाचारमुक्त आचरणको विकासका लागि महिलाको भूमिका महत्त्वपूर्ण हुने उनीहरूको भनाइ थियो ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख दीपककुमार रिसाल, शान्ति समाजका सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, गोकर्णेश्वर नगरपालिकाका पूर्व नगर उपप्रमुख शान्ति नेपाल, शान्ति समाजका पूर्व सभापति होमकान्त चौलागाईं, आचार्य महेन्द्र भट्टराईलगायतले महिलालाई समान अधिकारका लागि घर–घरबाट अभियान सुरु गर्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा शान्ति समाज काठमाडौँका सभापति भगवान् पुडासैनी र सचिव प्रमोद फुँयालले जिल्ला शाखाले सबैको अधिकार सुनिश्चितताका लागि आवाज उठाउने गरेको जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस