२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

८० हजार लिटर डिजेलमा मिसावट पुष्टि, चालक र व्यवसायीलाई कारबाही गर्ने तयारी

अ+ अ-

काठमाडौँ । भारतको सिलुगडीबाट झापाको चारआली डिजेल ढुवानी गर्ने चार वटा ट्याङ्करको डिजेलमा मिसावट पुष्टि भएको छ ।

नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा रहेको प्रयोगशालामा परीक्षण गर्दा उक्त डिजेलमा मिसावट पुष्टि भएको निगमले जनाएको छ । डिजेलको गुणस्तर बिगार्ने गरी मिसावट भएको पुष्टि भएको छ तर डिजेलमा कुन पदार्थ मिसावट गरिएको थियो भन्ने चाहिँ नखुलेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

निगमको केन्द्रीय ल्याबको रिर्पोटलाई आधार मानेर निगमले ती डिजेलको गुणस्तर परीक्षण भारतीय आयल कर्पोरेसन (आईओसी) मा गर्ने तयारी भइरहेको उपाध्यायले बताए ।

मिसावट पुष्टि भएपछि चार वटै ट्याङ्कर र यसका चालक एवम् व्यवसायीलाई कारबाहीको तयारी भइरहेको उपाध्यायले बताए । निगमको ढुवानी विनियमावली अनुसार कम्तीमा ६ महिनाका लागि इन्धन ढुवानी इजाजत निलम्बन गर्नेगरी कारबाही अघि बढेको निगमले जनाएको छ ।

गत १० फागुनमा झापास्थित चारआली कार्यालयमा भारतको सिलिगुडीबाट आएका चार वटा ट्याङ्करको डिजेलमा घनत्व कम भएको प्रारम्भिक अनुसन्धानबाट देखिए पछि निगमले अनुसन्धान सुरु गरेको थियो । आईओसीको सिलिगुडी डिपोबाट लोड गरिएको मे.१ ख. २१४९, मे. १ ख. २१५१, ना।७ ख. १५०७ र ना.७ ख. ६९७४ नम्बरको ट्याङ्करको डिजेलमा घनत्व कम भएको पाइएको थियो ।

सम्बन्धित समाचार : सिलिगुडीबाट भित्रिएको डिजेलमा मिसावटको आशङ्कामा छानबिन सुरु 

आयल निगमले ८ सय २० देखि ८ सय ५० किलो प्रतिघनमिटर घनत्वलाई मात्रै मान्यता दिन्छ । तर, चारआलीमा भित्रिएका डिजेलमा तल्लो प्यारामिटर भन्दा कम घनत्व रहेको पाइएको थियो ।

प्रतिक्रिया दिनुहोस