काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्वाधरण गरेको छ।
बैङ्कले आजका लागि निर्धारण गरेको दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।
यस्तै, आज डलरको खरिद दर १३० रुपैयाँ ८५ पैसा र बिक्री दर १३१ रुपैयाँ ४५ पैसा रहेको छ भने युरो एकको खरिद दर १३८ रुपैयाँ ८२ पैसा र बिक्री दर १३९ रुपैयाँ ४६ पैसा रहेको छ।
यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १५६ रुपैयाँ ९० पैसा र बिक्री दर १५७ रुपैयाँ ६२ पैसा रहेको छ भने कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८६ पैसा र बिक्री दर ३६ रुपैयाँ ०३ पैसा रहेको राष्ट्र बैङ्कले जनाएको छ।
