काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता ओम सर्राफ जनमत पार्टीमा प्रवेश गरेका छन् ।
शंखमुलस्थित पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमबीच उनी सो पार्टीमा प्रवेश गरेका हुन् । उनलाई सो पार्टीका अध्यक्ष सिके राउतले पार्टीका सदस्यता दिएर पार्टीमा प्रवेश गराएका हुन् ।
सर्राफ सामाजिक अभियन्ताका साथै राजनीतिमा पनि सक्रिय छन् । मधेस आन्दोलनमा वीरगञ्जमा सक्रिय रहेका उनी महन्थ ठाकुरको तराई मधेस लोकतान्त्रिक पार्टीदेखि नै राजनीतिमा सक्रिय थिए ।
पछिल्लो चुनावमा लोसपाले प्रदेशसभा सदस्यका लागि टिकट नदिएपछि उनले तत्कालीन मुख्यमन्त्री लालबाबु राउतका विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका थिए ।