काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनको लागि मतपत्र नमुना सार्वजनिक गरेको छ।
फागुन २५ गते हुने निर्वाचनको लागि आयोगले बिहीबार मतपत्रको नमुना सार्वजनिक गरेको हो।
प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि छुट्टाछुट्टै मतपत्र राखेको छ। मतपत्रमा राष्ट्रपति उम्मेदवारको फोटो पनि राखिएको छ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ राष्ट्रपतिका उम्मेदवार छन्।
पौडेललाई नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी लगायत आठ दलले समर्थन गर्ने जनाएको छ। यता नेम्वाङलाई भने क-कसले समर्थन गर्छ भन्ने खुलेको छैन।

