काठमाडौँ । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दीनानाथ चौधरीले मदिरा सेवन गरी कर्मचारीमाथि लागीगलौज गरेपछि गाउँपालिकाको सबै कामकाज ठप्प भएको छ।
बुधबार दिउँसो मदिरा सेवन गरेर कार्यालय पुगेका अध्यक्ष चौधरीले सबै कर्मचारीलाई गालीगलौज गरेको प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद पराजुलीले प्रशासनलाई बताए । उनका अनुसार कर्मचारीहरूले सूचना नै निकालेर कामकाज ठप्प पारेका छन्।
प्रमुख प्रशासकीय अधिकृत पराजुलीले भने, ‘मादक पदार्थ सेवन गरी कार्यालयमा प्रवेश गरेको भन्ने छ, ‘हिजो बेलुका साढे ४ बजेतिर म फिल्डमा थिएँ, सो वेला अध्यक्षज्यू मादक पदार्थ सेवन गरेर सबै कर्मचारीलाई गालीगलौज, अपशब्द, थर्काउनेजस्ता अनुचित कार्य गरेको भनेर मलाई बुधबार साँझ खबर भयो, सूचना नै निकालेर आज कामकाज ठप्प छ ।’
आज जनप्रतिनिधि र कर्मचारी बसेर छलफल गरेपछि सहमति भइसकेको पनि उनले बताएका छन् । भोलि देखी नियमित रूपमा कामकाज सुरु हुने अधिकृत पराजुलीको भनाई छ ।
उनले भने, ‘आज जनप्रतिनिधि र कर्मचारी बसेर छलफल गरेपछि सहमति भइसकेको छ, भोलि देखी कामकाज सुरु हुन्छ ।’
उता, गाउँपालिका अध्यक्ष दीनानाथ चौधरीले कर्मचारीले बहाना झिकेर बदनाम गर्न खोजेको दाबी गरे ।