काठमाडौँ । नेकपा माओवादी केन्द्रले पञ्चा सिंहले नेतृत्वको गरिरहेको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) आफ्नो आधिकारिक भ्रातृ सङ्गठन भएको बताएको छ ।
माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले त्रिभुवन विश्वविद्यालयमा पत्र पठाउँदै सिंह नेतृत्वको सङ्गठन आधिकारिक भएको बताएका हुन् ।
आफ्नो विद्यार्थी सङ्गठनको जस्तो नाम भएका अरु सङ्गठन र समानान्तर कमिटी पनि भएकोले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनावका लागि माओवादीले पत्र पठाएको हो ।
त्रिविमा चैत ५ गते हुँदैछ ।
