२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य सेवामा सुधार गर्दै कैलालीको मालाखेती अस्पताल

अ+ अ-

काठमाडौँ । कैलालीको मालाखेती अस्पतालले स्वास्थ्य सेवामा सुधार गरेको छ ।

प्राथमिक स्वास्थ्य चौकीबाट अस्पतालमा स्तरोन्नति भएको ९ वर्ष पुग्दासम्म मालाखेती अस्पताल स्वास्थ्य केन्द्रकै सेवामा सीमित थियो । पछिल्लो समय अस्पतालमा आवश्यक उपकरण थपिनुका साथै बिरामीको चाप पनि निकै बढेको छ ।

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ मा मालाखेती अस्पताल रहेको छ । गोदावरी नगरपालिका तथा कञ्चनपुरको कृष्णपुर नगरपालिकाका बिरामीहरूलाई मध्ये नजर गर्दै २०७१ सालमा गोदावरी प्राथमिक स्वास्थ्य चौकीबाट मालाखेती अस्पतालका रूपमा स्तरोन्नति गरिएको थियो ।

स्तरोन्नति भए पनि अस्पतालले नागरिकको विश्वास जित्न सकेको थिएन । मासिक खोप तथा सामान्य प्राथमिक उपचारमा सीमित मालाखेती अस्पतालले अहिले विशेषज्ञ सेवा दिन थालेको छ ।

पछिल्लो समय अस्पतालबाट दैनिक सयौँको संख्यामा बिरामीले सेवा लिइरहेका छन् । पहिले धनगढी वा अन्यत्र जाने बिरामी अहिले माला खेतीबाटै सेवा लिइरहेका मेट्रोन मालाखेती अस्पताल कैलालीका यसोदा ढकालले बताइन् ।

विगतमा फोहोरै, फोहोर देखिने मालाखेती अस्पताल अहिले सफा र चिटिक्क देखिन्छ । सरकारले खरिद गरेर प्रयोगविहीन बन्न पुगेका उपकरणहरू अहिले प्रयोगमा ल्याइएको छ ।

पछिल्लो समय मालाखेती अस्पतालले सेवा सुविधामा सुधार ल्याएपछि यस क्षेत्रका सेवाग्राही पनि खुसी भएका छन् । अहिले सामान्य बिरामी हुँदा धनगढी तथा अन्यत्र जानुपर्ने बाध्यता हटेको सेवाग्राही पदम प्रकाश पन्त र पदमराज भट्टले बताएका छन्।

मालाखेती अस्पतालमा अहिले विशेषज्ञसहित ३ जना चिकित्सक कार्यरत रहेका छन् । दरबन्दी अनुसार पर्याप्त स्वास्थ्यकर्मी रहेको अस्पतालले खरिद गरेको उपकरणको प्रयोग र प्रशासनिक सुधारलाई जोड दिएको छ । हाल अस्पतालले दैनिक सेवाका साथै बिरामी भर्ना गरेर पनि उपचार सुरु गरेको छ ।

लगत्तै, हाइड्रोशील र हर्नियाँको अप्रेसन पनि सुरु गर्ने अस्पतालले तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस