मन्त्री श्रेष्ठले कमलविनायक-नगरकोट सडकको अनुगमन गर्ने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मन्त्री श्रेष्ठले कमलविनायक-नगरकोट सडकको अनुगमन गर्ने


१७ फाल्गुन २०७९, बुधबार


काठमाडौँ। उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले बिहीबार कमलविनायक–नगरकोट सडकको अनुगमन गर्ने भएका छन् । अनुगमनमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, मन्त्रालयका सचिव, सडक विभागका डिजी, सम्बन्धित आयोजना प्रमुख, ठेक्का पाएका निर्माण कम्पनीका प्रतिनिधिसहितको टोली हुनेछ।

बिहान नौ बजे सल्लाघारी, भक्तपुरमा भेट भई कमलविनायक, भत्केको पाटीदेखि नगरकोटसम्मै पुगेर अनुगमन सम्पन्न हुने जानकारी दिइएको छ। सैलुङ कन्स्ट्रक्सनले ठेक्का पाएर पटक(पटक म्याद थप्दा पनि काम सम्पन्न हुन सकेको छैन । 

निर्माणको ढिलासुस्तीबाट जनताले वर्षौंदेखि सास्ती खेपिरहेको र सरकार तथा निर्माण कम्पनीविरुद्ध आक्रोश पोखेको परिस्थितिबीच उपप्रधानमन्त्री श्रेष्ठले प्रष्टीकरण माग्दा चैत्र मसान्तसम्म सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने वचनबद्धता निर्माण कम्पनीले गरेको थियो ।  

त्यसैको प्रगतिबारे स्थलगत जानकारी लिन अनुगमन हुन लागेको हो । यो आयोजनामा भारतीय एक्जिम बैंकको आर्थिक सहयोग छ। 

Tags :
प्रतिक्रिया दिनुहोस