एसइईको नतिजा प्रकाशित भएपछि मात्रै कक्षा ११ मा भर्ना खोल्न अनुरोध  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

एसइईको नतिजा प्रकाशित भएपछि मात्रै कक्षा ११ मा भर्ना खोल्न अनुरोध 


१७ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा प्रकाशन भएपछि मात्रै कक्षा ११ मा भर्ना खोल्न अनुरोध गरेको छ ।

विगतका वर्षहरूमा एसइईको नतिजा प्रकाशन हुनु अगावै कक्षा ११ मा भर्ना खोल्ने गरेका थिए । केन्द्रले आगामी शैक्षिक सत्रमा भने एसइईको नतिजा प्रकाशित भएपछि मात्रै कक्षा ११ मा भर्ना प्रक्रिया अगाडि बढाउन भनेको हो । 

कतिपय विद्यालयहरूले वैशाख/जेठदेखि नै कक्षा ११ मा भर्ना खोल्दै आएका छन् । विद्यार्थीहरूलाई विभिन्न अफर अघि सारेर आफ्नो विद्यालयमा भर्ना गराउन उनीहरू सक्रिय देखिएका छन् । 

यो वर्षको एसइई परीक्षा चैत १७ गतेदेखि सञ्चालन हुँदैछ । चैत २९ गते परीक्षा सकिनेछ । विभिन्न विद्यालयहरूले भने परीक्षा सकिएसँगै कक्षा ११ मा भर्ना आह्वान गर्न अघि सर्छन् । केन्द्रले त्यसलाई रोक्नको लागि एसइईको नतिजा आएपछि मात्रै भर्ना प्रक्रिया अगाडि बढाउन भनेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस