‘सङ्घीयताको जग तयार भएको छ’ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

‘सङ्घीयताको जग तयार भएको छ’


१७ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुलुकमा सङ्घीयताको जग तयार भएको बताएका छन् । । गण्डकी प्रदेशसभा बैठकलाई बुधबार सम्बोधन गर्दै उनले प्रदेश संरचना सुनिने अवस्थाबाट देखिने अवस्थामा आइपुगेको उल्लेख गरे ।

पाँच वर्षअघि शून्य संरचनाबाट सुरु भएको गण्डकी प्रदेश भौतिक, प्रशासनिक र कानुनी पूर्वाधार खडा गर्न सफल भएको प्रदेश प्रमुख गुरुङले बताए । प्रदेशलाई स्थापित गर्न सरकार र प्रदेशसभाले खेलेको भूमिकाको उनले प्रशंसा गरे ।

‘प्रदेशसभाको प्रथम कार्यकालमा सरकार निर्माण गर्न, कानुन निर्माण गर्न, बजेट तथा योजना निर्माण गर्न यहाँहरूले पुर्‍याउनु भएको योगदानका लागि धन्यवाद ज्ञापन गर्दछु’, प्रदेश प्रमुख गुरुङले भने । प्रदेशको पञ्चवर्षीय योजनाको कार्यान्वयन, प्रदेश लोकसेवा आयोग गठन, गण्डकी प्रदेश प्रशिक्षणको स्थापना जस्ता कार्यलाई उपलब्धिको रूपमा लिनुपर्ने उनले बताए ।

प्रदेश प्रमुख गुरुङले अहिलेको प्रदेश सरकारले मन्त्रालय सङ्ख्या घटाएर प्रदेशवासीमा सकारात्मक सन्देश दिएको उल्लेख गरे । ऐन, कानुन निर्माणदेखि विकास आयोजनालाई गति दिन प्रदेश सरकारले सक्रियता लिइरहेको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस