नेप्सेमा २४ अङ्कको गिरावट « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

नेप्सेमा २४ अङ्कको गिरावट


१७ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । आज बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २४ अङ्कको गिरावट आएको छ ।

कारोबार समयदेखि घट्न थालेको नेप्से अन्तिम समयसम्ममा १.२१ प्रतिशतले घटेर १९९५ अं कमा आएर रोकिएको हो ।

नेप्से परिसूचक दोहोरो अङ्कले घट्दा १ अर्ब २८ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ । यस क्रममा ३७ लाख २९ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

नेप्से परिसूचक दोहोरो अङ्कले घटेर १९ सय अङ्कको बिन्दुतर्फ आए पनि आदर्श लघुवित्त वित्तीय संस्थाका सेयर धनीले कमाएका छन् ।

आज यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १६६३ रुपैयाँ पुगेको छ । आज एकै दिन यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता १५१ रुपैयाँले बढेको हो । यस्तै, आज बोटलर्स नेपाल तराईको सेयर मूल्य ९.६१ प्रतिशतले घटेको छ । यो कम्पनीको सेयर कित्तामा १३३५ रुपैयाँले घट्दै १२ हजार ५६४ रुपैयाँ कायम भएको छ । आज नेप्सेमा अप्पर तामाकोसी जलविद्युत आयोजनाको सेयर सबैभन्दा धेरै किनबेच भएको छ ।

यो कम्पनीको सेयर आज मात्रै ८ करोड ७२ लाख रुपैयाँको किनबेच भएको हो । यसपछि शिवम सिमेन्टको सेयर ८ करोड ४० लाख रुपैयाँको किनबेच भएको छ ।

परिसूचक दोहोरो अङ्कले घट्दा सबै समूहका सूचक घटेका छन् । कारोबार भएका १३ वटै सूचक घट्दा सबैभन्दा धेरै जीवन बीमा समूहको सूचकमा गिरावट आएको छ ।

यो समूहको सूचक १५६ अङ्कले र उत्पादनमूलक समूहको सूचक १११ अङ्कले घटेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस