गजेन्द्रनारायण सिंह अस्पतालमा ‘टोकन’ प्रणाली सुरु, प्रजिअ थापाले गरे उद्घाटन  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

गजेन्द्रनारायण सिंह अस्पतालमा ‘टोकन’ प्रणाली सुरु, प्रजिअ थापाले गरे उद्घाटन 


१७ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । गजेन्द्रनारायण सिंह अस्पतालमा ‘टोकन’ प्रणाली सुरु भएको छ। अस्पताल परिसरभित्र बुधबार एक कार्यक्रम उद्घाटन गर्दै सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले टोकन प्रणाली सुरु गरेका हुन् । 

अस्पताल आउने सेवाग्राहीको व्यवस्थापन गर्न टोकन प्रणाली सुरु गरिएको अस्पतालका सुपरिटेन्डेन्ट डा. प्रकाश साहले जानकारी दिए।

लाइनमा बस्नुपर्ने समस्याबाट मुक्त गराउन टोकन प्रणाली लागू गराएको जानकारी दिँदै मेसु साहले सबै ठाउँमा टोकन प्रणाली लागू गरिएको जानकारी दिए। 

टोकन सिस्टमलाई प्रभावकारी बनाउन कार्यालयका कर्मचारीसमेत सहजीकरणमा खटिने उनले बताए। गजेन्द्रनारायण अस्पतालमा दैनिक पाँच सयदेखि आठ  सयजना सेवाग्राहीले ओपिडीमा सेवा लिने गरेको अस्पतालले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस