११ जना सदस्यद्वारा एन्फा बैठक बहिस्कार « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

११ जना सदस्यद्वारा एन्फा बैठक बहिस्कार


१७ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उपाध्यक्षसहित ११ जना सदस्यहरूले कार्यसमितिको बैठक बहिस्कार गरेका छन् । 

बुधबार एन्फा कम्प्लेक्समा बसेको बैठकमा उनीहरूले आफ्ना ६ वटा एजेन्डाहरू थप गर्न माग गरेका थिए । तर, त्यसलाई बेवास्ता गर्दै जबरजस्ती बैठक अघि बढाइएको भन्दै उनीहरू बैठकबाट बाहिरिएका हुन् । 

बैठकबाट बाहिरिनेमा उपाध्यक्ष कुमार केसी, दीपक खतिवडालगायत रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस