केपी ओली कप : उपाधिका लागि सातदोबाटो र मछिन्द्र भिड्दै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

केपी ओली कप : उपाधिका लागि सातदोबाटो र मछिन्द्र भिड्दै


१७ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको फाइनल आज हुँदै छ। उपाधिका लागि सातदोबाटो युथ क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ।

आयोजक केपी एफसीलाई १-० ले पराजित गर्दै उपाधि नजिक पुगेको मछिन्द्र र आर्मी फुटबल क्लबलाई सडन डेथमा ६–५ ले पराजित गर्दै सातदोबाटोसँगको भेट पक्का गरेको हो। आठ टोली सहभागी प्रतियोगिताको फाइनल खेल दशरथ रङ्गशालामा हुँदैछ।

नेकपा एमाले निकट युवा सङ्घको आयोजनामा भइरहेको खेलको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने छ। प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १ लाख नगद पाउने छन्। त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदियमान खेलाडीले ५० हजार पाउने छन्।

Tags :
प्रतिक्रिया दिनुहोस