आत्मनिर्भरको आईपीओमा मागभन्दा धेरै १६ लाखको आवेदन « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

आत्मनिर्भरको आईपीओमा मागभन्दा धेरै १६ लाखको आवेदन


१५ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपिओ)मा मागभन्दा धेरै आवेदन परेको छ । फागुन ४ गतेदेखि बिक्री खुलेको आईपीओमा १६ लाख ९ हजार जनाको आवेदन परेको हो ।

ती आवेदकले करिब १ करोड ७८ लाख कित्ता सेयर माग गरेका छन् । जबकि, कम्पनीले १ लाख ६९ हजार ७५५ कित्ता सेयर मात्रै बिक्री खुलाएको थियो । लघुवित्तले बिक्री खुलाएको आईपीओको तुलनामा १०० प्रतिशत बढी आवेदन परेको छ ।

लघुवित्तले जारी पुँजीको ३२ प्रतिशत आइपिओ बिक्री खुलाएको थियो । लघुवित्तको जारी पुँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२ प्रतिशतले हुन आउने २ लाख ३ हजार ३८० कित्ता सेयर बिक्री खुलाएको थियो । कम्पनीले १०० रुपैयाँ अङ्कित कूल २ करोड ३ लाख ३८ हजार रुपैयाँको आइपिओ बिक्री खुलेको थियो ।

यसमध्ये वैदेशिक रोजगारीमा गएकाहरूलाई २० हजार ३३८ कित्ता सेयर छुट्याइएको थियो । यस्तै, कर्मचारीहरूलाई ३ हजार ११७ कित्ता र सामूहिक लगानी कोषलाई १० हजार १७० कित्ता छुट्याइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस