संविधान रक्षाका लागि पुरानै गठबन्धन ब्युँतियो : माधव नेपाल « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

संविधान रक्षाका लागि पुरानै गठबन्धन ब्युँतियो : माधव नेपाल


१५ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिमा नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेल विजयी हुने बताएका छन्।

पार्टी प्रशिक्षणका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगेका अध्यक्ष नेपालले पत्रकारहरूसँग कुरा गर्दै संविधानको रक्षाका लागि पहिलेकै गठबन्धन पुनः ब्युँतिएको बताए।

पार्टीको जग सुधार गर्दै विचार मिल्नेसँग एकता गर्ने तर आफ्नो पार्टी कुनै पार्टीमा विलय नहुने अध्यक्ष नेपालको भनाइ थियो। उनले आफूहरूसँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वार्ता र संवादको कुरा अगाडि सारेपछि नेकपालाई ब्युँताउने प्रयास गरिएको तर त्यो अगाडि बढ्न नसकेको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस