पशुपति सरसफाइका लागि ३ महिने अभियान चलाउने सरकारको तयारी  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पशुपति सरसफाइका लागि ३ महिने अभियान चलाउने सरकारको तयारी 


१५ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । सरकारले पशुपतिनाथ मन्दिर सरसफाइका लागि ३ महिने अभियान सञ्चालन गर्ने भएको छ । 

सोमवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मन्त्रालयमा पत्रकारहरूसँग भेटघाट गर्दै मन्त्रालयले पशुपतिनाथ मन्दिर सरसफाइका लागि ३ महिने अभियान सञ्चालन गर्न लागेको बताएका हुन् ।   

उनले आगामी शनिवारदेखि पशुपति सरसफाइको अभियान सुरु हुने र त्यसमा मन्त्रालय मातहतका सबै कर्मचारीहरूसहित आफ्नो अध्यक्षतामा सो अभियान सञ्चालन गर्न लागिएको बताए ।  त्यस्तै पशुपति हिन्दु विश्वविद्यालय स्थापनाका लागि जगमान गुरुङको संयोजकत्वमा ५ सदस्यीय अध्ययन समिति गठन गरिएको पनि उनले जानकारी दिए ।

मन्त्री किराँतीले आफू मन्त्रीको रूपमा आइसकेपछि विमानस्थलको सरसफाइ र व्यवस्थापकीय कुराहरूमा सुधार ल्याएको बताए । त्यस्तै नागरिक उड्डयन प्राधिकरण क्षेत्रमा महिला हिंसाका घटनाहरू घटिरहेका भन्दै महिला विरुद्ध हुने दुर्व्यवहारको उजुरी लिन स्थायी युनिट स्थापना गर्न लागिएको बताए ।  

त्यस्तै गरी ७ फेब्रुअरीमा ग्राउण्डेड भएको ट्वीनेटर जहाजको लागि छानबिन गर्न उपसमिति बनाएको उनले बताए । मन्त्रालयले हवाई नागरिक उड्डयन विधेयक प्रक्रियामा लगेको उनको भनाई छ । 

मन्त्री किरातीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थल सञ्चालन गर्नका लागि सम्बन्धित निकायसँग व्यावसायिक योजना माग गरिरहेको पनि बताए । त्यस्तै पर्यटकहरूलाई विभिन्न प्रकारका सेवा दिनका लागि नमस्ते पर्यटक सेवा २४ सै घण्टा चलाउने तयारी रहेको उनले उल्लेख गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस