युकेमा रोजगारीको प्रलोभन दिँदै ठगी गर्ने २ जना पक्राउ « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

युकेमा रोजगारीको प्रलोभन दिँदै ठगी गर्ने २ जना पक्राउ


१५ फाल्गुन २०७९, सोमबार


पक्राउ

काठमाडौँ । युकेमा रोजगारीको प्रलोभन दिँदै ठगी गर्ने कार्यमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य घर भई हाल काठमाडौँको कालीमाटी बस्ने सुदिश कुमार साह र काभ्रे घर भई कालीमाटी नै बस्ने सुनिता परियार रहेका छन् ।

उनीहरूले सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिलाई साथी बनाउँदै ठगी गर्ने गरेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले उनीहरूले आफू मलेसियाको नागरिक भएको र हाल युकेमा डेन्टिस डाक्टर पेसा गर्ने भन्दै पीडितहरूलाई प्रभाव पार्ने गरेका थिए ।

पीडितहरूलाई सुनिता परियारको नाममा तेइस लाख बराबरको रकम पठाउन लगाइ अनलाइन मार्फत ठगी गरेका थिए । यसबारे ४ जनाको उजुरी परेको भन्दै प्रहरीले अभियुक्तहरूलाई ठगी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर टेकु पठाइएको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस