जसपाको छानबिन समितिले प्रतिवेदन बुझाउँदै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

जसपाको छानबिन समितिले प्रतिवेदन बुझाउँदै


१५ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा अन्तर्घातको आरोप लागेकाहरू माथि छानबिन गरी तयार पारिएको प्रतिवेदन पार्टीलाई बुझाउन लागिएको हो ।

पुसमा सम्पन्न राजनीतिक समितिको बैठकले कार्यकारिणी समिति सदस्य शिवलाल थापा नेतृत्वको छानबिन समितिलाई निर्वाचनमा अन्तर्घातको आरोप लागेका केन्द्रीय तहका नेताहरूमाथि छानबिन गर्न माघ मसान्तसम्मको समय सीमा दिएको थियो ।

तर समितिलाई समितिको आग्रह अनुसार फागुन १५ गते सम्मको समय थप गरिएको थियो । समितिले आफ्नो काम सम्पन्न गरी प्रतिवेदन बुझाउन लागेको प्रभार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस