केपी ओली कप : आर्मीलाई हराउँदै सातदोबाटो फाइनलमा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

केपी ओली कप : आर्मीलाई हराउँदै सातदोबाटो फाइनलमा


१५ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । सातदोबाटो युथ क्लब केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा ६-५ गोल अन्तरले हराउँदै सातदोबाटो फाइनल पुगेको हो । एन्फा कम्प्लेक्समा निर्धारित समय गोलरहित बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो ।

पेनाल्टीमा सातदोबाटोका सुदिप गुरुङ, अब्दुल अबुबकारी, एकराज बुढाथोकी, विलियम एसीडोउ, सुरज गुरुङ, पासाङ लामाले गोल गरे ।

दिपकराज ठकुरीले गोल गर्न सकेनन् । यता आर्मीका दिनेश हेन्जन, टेकबहादुर बुढाथोकी, सेसेहाङ आङदेम्बे, नवयुग श्रेष्ठ र दिपक गुरुङले गोल गरे । सुदिल राईले गोेल गर्न सकेनन् ।

अब फाइनलमा सातदोबाटोले आयोजक केपी ओली एफसी र मछिन्द्र फुटबल क्लब बीचको विजेतासँग खेल्नेछ ।

वर्षाका कारण दोस्रो हाफ प्रभावित भएको दुई टोली बीचको खेलको दोस्रो हाफ आज हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस