२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘स्वास्थ्य क्षेत्रको फोहोर सफा गर्न स्वास्थ्य मन्त्रालय रोजेको हुँ’

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले नेपालको स्वास्थ्य क्षेत्रमा इतिहासमै पहिलो पटक युगान्तकारी परिवर्तन गर्ने गरी काम सुरु गरेको बताएका छन्।

सोमबार स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले आफू स्वास्थ्य क्षेत्रको परिवर्तन गर्नकै लागि रोजेर स्वास्थ्य मन्त्रालयमा आएको दाबी गर्दै स्वास्थ्यमा भएका फोहोरलाई सफा गर्न आफू आएको बताए

स्वास्थ्य मन्त्री गिरीले भने, ‘नेपालको स्वास्थ्य क्षेत्रमा इतिहासमै पहिलो पटक युगान्तकारी परिवर्तन गर्ने गरी काम गर्दैछौँ। म स्वास्थ्य क्षेत्र रोजेर आएको हुँ। अझै यो आकर्षण मन्त्रालय मानिँदैन। यहाँ हत्तपत्त कोही जान पनि तयार हुँदैन। आउँदा अत्यन्तै स्वच्छ छवि भएर मन्त्री आउँछन् जाँदा कालो दाग, धब्बा लागेर फर्किन्छन्। गल्ती नगर्दा पनि आरोप खेपेर फर्किने ठाउँ हो। तर पनि फोहोर सफा गर्न फोहोर भित्र पस्नुपर्छ। त्यो बुझेरै म यहाँ आएको हुँ। मेरो नेतृत्वले मलाई रोजाएर जिम्मेवारी दिएको हो। कालो चिया पनि मेरो गोजीबाट खाएर स्वास्थ्य क्षेत्रको परिवर्तन गर्छु भन्ने सङ्कल्पका साथ आएको हुँ। काहीँबाट मेरो मन्त्रीको नाममा ब्ल्याकमेलिङ गरेको छ भने कसैले धन्दा गरेको छ भने कानमा सुनाइदिनुहोला, त्यस्ता धन्दा गर्नेलाई तत्काल कारबाही गर्नेछु।’

प्रतिक्रिया दिनुहोस