८ दलको बालुवाटार बैठकमा एलिजा गौतम पनि सहभागी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

८ दलको बालुवाटार बैठकमा एलिजा गौतम पनि सहभागी


१४ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ८ दलको बैठक सुरु भएको छ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायत ८ दलका शीर्ष नेता बालुवाटारमा आज साँझ छलफलमा जुटेका छन्।

समसामयिक राजनीति, प्रधानमन्त्रीले विश्वासको मत लिनेलगायत विभिन्न विषयमा छलफल गर्न प्रधानमन्त्रीले बैठक राखेका हुन्।

बैठकमा नागरिक उन्मुक्ति पार्टीकी नेता एलिजा गौतम पनि सहभागी छन्। अभिनेत्री गौतम गत माघ १४ गते नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी हुन्।

नागरिक उन्मुक्ति पार्टीमा उनको जिम्मेवारीको टुङ्गो लागेको छैन। आइतबार उक्त पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसँगै गौतम बालुवाटारमा भएको शीर्ष नेताहरूको बैठकमा सहभागी भएकी हुन्।

गौतम चर्चित पत्रकार ऋषि धमलाकी पत्नी हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस