२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अधिकृतको कार्यकक्षमा ताला-वडाध्यक्ष भन्छन् ‘कर्मचारी भर्ना पारदर्शी भएन’ 

अ+ अ-

काठमाडौँ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाका वडाध्यक्षहरूले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका छन् । प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवको कार्यकक्षमा वडाहरूले ताला लगाएका हुन् । 

गाउँपालिकाले विभिन्न पदमा खोलेको विज्ञापनको नतिजामा पारदर्शिता नभएको भन्दै  वडाहरूले तालाबन्दी गरेको अधिकृत यादवले बताए । यादवले प्रशासनसँग भने, ‘विभिन्न कारण देखाउँदै एक्कासी ताला लगाउनुभयो, यसको पनि प्रक्रिया हुन्छ, सम्बन्धित निकायमा निवेदन दिनुपर्‍यो ।’ उनले थपे, ‘जातीयता र भेगीयताको कुरा गर्दै यस्तो किन गर्ने, माथिल्लो निकाय होला नि ।’

यसैगरी गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्रले पार्टीगत भागबण्डा नमिलेको भन्दै तालाबन्दी गरेको बताए । उनले भने, ‘राजनीतिक आधारमा ६० प्रतिशत चाहियो भन्दै तालाबन्दी गरे, कर्मचारी भर्नामा कुनै पारदर्शिता छैन भने सम्बन्धित निकायमा निवेदन दिएर छानबिन गर्न सकिन्छ ।’ 

यता वडा नम्बर ७ का वडाध्यक्ष गङ्गा साहले गाउँपालिका अध्यक्ष मिश्र र प्रमुख प्रशासकीय अधिकृत यादव कार्यालयमा नआएर घर/कोठामै बसेर काम गर्ने गरेको प्रशासनलाई बताए । कर्मचारी नियुक्तिमा पनि आफूहरूले निष्पक्ष र पारदर्शिता चाहेको तर पालीका अध्यक्ष मिश्र र अधिकृत यादव मिलेर करारका कर्मचारी नहटाई खुला प्रतिस्पर्धा नै नगरेर आर्थिक चलखेल गरी आफ्नो नातागोता र खल्तीका मान्छेलाई नियुक्त गरेको उनको आरोप छ । 

उनले भने, ‘हामी निष्पक्ष चाहन्छौ, अध्यक्ष र अधिकृत मीलेका छन् कार्यालय आउँदैनन् । कोठामा बसेर काम गर्छन् ।’ उनले थपे,‘कार्यपालिका बैठक पनि बसाउँदैनन्, कर्मचारी भर्नामा मनोमानी गर्छन् ।’ 

प्रतिक्रिया दिनुहोस