सुर्खेतमा पहिलो पटक क्यानको साधारण सभा हुँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुर्खेतमा पहिलो पटक क्यानको साधारण सभा हुँदै


१३ फाल्गुन २०७९, शनिबार


सुर्खेत । नेपाल क्रिकेट सङ्घ (क्यान)ले वार्षिक साधारण सभा सुर्खेतमा गर्ने भएको छ । क्यानले साधारण सभाबारे शनिवार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । क्यानले भोलि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सभाको आयोजना गरेको हो ।

उक्त सभाको कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले उद्घाटन गर्ने छन् । सो सभामा देशभरबाट क्यानमा आबद्ध ८० भन्दा बढी प्रतिनिधहरुको सहभागिता रहने छ ।

क्यानका अध्यक्ष चतुर बहादुर चन्दले क्रिकेटको विकास र सचेतनाका लागि कर्णालीमा साधारण सभा गर्न लागेको बताए । सुर्खेतमा गर्न लागिएको क्यानको यो साधारण सभा पहिलो हो ।

साधारण सभाले क्यानको वार्षिक कार्य योजना निर्माण, वार्षिक नीतिगत समीक्षा र विभिन्न प्रतिवेदनबारे छलफल गर्ने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस