निः शुल्क स्वास्थ्य शिविरमा ४५२ जनाले लिए सेवा « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

निः शुल्क स्वास्थ्य शिविरमा ४५२ जनाले लिए सेवा


१३ फाल्गुन २०७९, शनिबार


बैतडी । डडेलधुराको भागेश्वर गाउँपालिकामा एक दिने नि: शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

भागेश्वर गाउँपालिकाको आयोजना र कैलालीको धनगढीस्थित सिपी अस्पतालको समन्वयमा गाउँपालिकाको वडा नम्बर ४ बगर कोटमा शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

उक्त शिविरमा पेट रोग,उच्च रक्तचाप, दम रोग र नशा तथा हाडजोर्नी ग्यास्ट्रिक, पत्थरी, पेट दुख्ने, आन्द्रामा घाउ भएको पित्त थैली र मृगौलको पत्थरी, हर्निया, हाइड्रो सिल, बवासिर, लगायतका रोगबाट प्रभावित ४५२ जना बिरामीहरूको स्वास्थ्य उपचार तथा परीक्षण गरिएको प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस